JanaKura

‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक

काठमाडौं २०८३ वैशाख २६। एक मुठ्ठी बादल को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ । साहारा शर्मा को डेब्यु निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतमा श्रेया राई को शब्द, संगीत र स्वर रहेको छ ।

गीतको भिडियोमा सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्मा लाई केन्द्रमा प्रस्तुत गरिएको छ । विवाहको तयारीमा रहेकी एक युवतीका मनमा उब्जिएका पुराना स्मृति, भावनात्मक उतारचढाव र घरसँग जोडिएका सम्झनाहरूलाई गीतले संवेदनशील ढंगले चित्रण गरेको देखिन्छ । गीतका शब्दहरूले विशेषगरी जीवनको नयाँ मोडमा पुगेकी युवतीले आफ्ना विगतका सम्बन्ध र सम्झनालाई सम्झिरहेको अनुभूति दिलाउँछन् ।

सिनेमामा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट तथा अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमाका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेनाअनुप पौडेल पनि आबद्ध छन् ।

सिनेमाको छायांकन लिन्ह डान गुयेन फान ले गरेका छन् भने प्रोडक्सन डिजाइन यशस्वी सभरवाल को रहेको छ । सम्पादन गौरव मल्लिक, कला निर्देशन अग्रणी ठकुरी झा, भेषभूषा डिजाइन जानकी कडायत तथा मेकअप कीर्ति जोशी ले सम्हालेका छन् ।

सिनेमामा मर्णा जेम्स प्रमुख सहायक निर्देशकको रूपमा रहेकी छन् भने उनलाई शर्मिला आलेमीरा खड्का ले सहयोग गरेका छन् ।

महिलाको नेतृत्वलाई प्राथमिकता दिइएको यस सिनेमालाई गौंथली इन्टरटेनमेन्टमन प्रडक्सन ले संयुक्त रूपमा निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्स ले वितरण गर्नेछ ।

Exit mobile version