JanaKura

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा:-

टाेखा लाइभ
भाद्र २,काठमाडौं : भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरे संगै बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय गरेको छ। अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्‍द हुनेछन्।
कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको सम्पुर्ण अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।

Exit mobile version