काठमाडौँ, ११ वैशाखः निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् । नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती तीन संस्थाले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजना उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउने गतिविधि हुन नहुनेमा जोड दिएका छन् । लगानीकर्ताको मनवल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकास प्रभावित हुनाका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई सङ्कटतर्फ धकेल्ने जोखिम विज्ञप्ति औँल्याइएको छ ।
लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह
