काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम फराकिलो मतान्तरसहित विजयी भएका छन्। यसअघि नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुँदै आएको यो क्षेत्रमा यसपटक बमले जित निकाल्दै संसदको यात्रा तय गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार बमले २९ हजार २४२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८ हजार ८२४ मत प्राप्त गरे।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई ५ हजार ७३३ मतसहित तेस्रो स्थानमा सीमित भए। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुरेन्द्रराज भण्डारीले २ हजार २५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्र भुसालले ६५७ मत प्राप्त गरेका छन्।
चौथो प्रयासमा चुनावी मैदानमा उत्रिएका पुकार बमले यसपटक मतदाताको विश्वास जित्दै अन्ततः संसद प्रवेश गर्न सफल भएका छन्।
काठमाडौं–४ मा रास्वपाको उदय : पुकार बमले तोडे कांग्रेसको पुरानो किल्ला
