JanaKura

सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको दाबी

काठमाडौँ, १ असोज /
हामी नेपालका संयोजक सुदन गुरुङले आफू आक्रमणको प्रयासबाट बालबाल बचेको दाबी गरेका छन्।

गुरुङका अनुसार बुधबार अपराह्न अज्ञात समूहले उनलाई लक्षित गर्दै रानीबारीदेखि बानेश्वरसम्म लखेटेको हो। पल्सर मोटरसाइकल र केही गाडीमा आएका व्यक्तिहरूले पछ्याएको उनले बताएका छन्।

“मलाई स्पष्ट रूपमा लखेटियो, आक्रमण गर्ने उद्देश्य देखिन्थ्यो,” गुरुङले सञ्चारकर्मीहरूसँग भने।

हालै जेन–जी आन्दोलनको अग्रपंक्तिमा नदेखिएका गुरुङ भदौ २४ पछि आकस्मिक रूपमा आन्दोलनका प्रमुख पात्रका रूपमा अघि आएका थिए। त्यसयता उनी निरन्तर चर्चामा छन्।

Exit mobile version