काठमाडौँ, १ असोजः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु २ लाख १६ हजार १०० मा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा एक हजार रुपैयाँले सस्तो हो।
मंगलबार मात्रै सुन प्रतितोला रु २ लाख १७ हजार १०० मा पुगेको थियो, जसलाई अहिलेसम्मकै कीर्तिमानी मूल्य मानिएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज ओरालो लागेको छ। प्रतितोला रु ४५ ले घटेर अहिले रु २ हजार ५५० मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस करिब ३,६७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
