JanaKura

पूर्वराष्ट्रपति भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएपछि दीर्घकालीन रूपमा कस्ताे असर पर्छ?

अपील देउजा, सिन्धुपाल्चोक मेलम्ची
हालैको समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको समाचारले नेपाली राजनीति क्षेत्रमा ठूलो तरंग ल्याएको छ। दुई कार्यकालसम्म राष्ट्रको सर्वोच्च पदमा रही संविधानले तोकेको अनुरूप एक औपचारिक राष्ट्रप्रमुखको भूमिकामा रहँदै आउनु भएको भण्डारी अब पुनः सक्रिय राजनीतिमा फर्किनु स्वाभाविक रूपमा नै बहसको विषय बन्न पुगेको हो।

पूर्वराष्ट्रपतिले त्याग गर्नु भएका सरकारी सुविधा, गाडी, निवास, सुरक्षाकर्मी लगायतका विशेषाधिकारहरू त्यागेर फेरि दलगत राजनीतिमा सक्रिय हुनु लोकतान्त्रिक दृष्टिकोणले केही हदसम्म साहसिक देखिए पनि, यो कार्यले भविष्यको पुस्तालाई गलत सन्देश दिन सक्छ। किनभने,
क) राष्ट्रपतिका रूपमा सेवा गरिसकेपछि व्यक्ति दल र व्यक्तिविशेषको भन्दा माथि रहनुपर्ने अपेक्षा हुन्छ।

हालैको समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको समाचारले नेपाली राजनीति क्षेत्रमा ठूलो तरंग ल्याएको छ। दुई कार्यकालसम्म राष्ट्रको सर्वोच्च पदमा रही संविधानले तोकेको अनुरूप एक औपचारिक राष्ट्रप्रमुखको भूमिकामा रहँदै आउनु भएको भण्डारी अब पुनः सक्रिय राजनीतिमा फर्किनु स्वाभाविक रूपमा नै बहसको विषय बन्न पुगेको हो।

पूर्वराष्ट्रपतिले त्याग गर्नु भएका सरकारी सुविधा, गाडी, निवास, सुरक्षाकर्मी लगायतका विशेषाधिकारहरू त्यागेर फेरि दलगत राजनीतिमा सक्रिय हुनु लोकतान्त्रिक दृष्टिकोणले केही हदसम्म साहसिक देखिए पनि, यो कार्यले भविष्यको पुस्तालाई गलत सन्देश दिन सक्छ। किनभने,
क)राष्ट्रपतिका रूपमा सेवा गरिसकेपछि व्यक्ति दल र व्यक्तिविशेषको भन्दा माथि रहनुपर्ने अपेक्षा हुन्छ।
ख)राष्ट्रप्रमुख पदमा बसेपछि सार्वजनिक जीवनको एउटा नयाँ उच्च मान्यता स्थापित हुन्छ जसले दलभन्दा माथि रही सबै नागरिकको प्रतिनिधित्व गर्ने गरिमा बनाउँछ।

त्यस्तो गरिमा बोकेको व्यक्तित्वले फेरि दलगत राजनीतिमा फर्कनु नै लोकतन्त्रप्रतिको आस्थामा केही संकाको संकेत दिन सक्छ।

यसले भविष्यका पुस्तालाई पनि यस्तो सन्देश दिन सक्छ कि राजनीति केवल अवसर प्राप्तिको साधन हो, र राष्ट्रको सर्वोच्च पद पनि केवल रणनीतिक मोडको हिस्सा बन्न सक्छ भन्ने बुझाइ फैलिन सक्छ। यो नै लोकतान्त्रिक मूल्य र संस्थागत गरिमामा आँच पुग्ने सम्भावनाको संकेत हो।

यसैले, पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कनुअघि दीर्घकालीन सन्देश, गरिमा र राजनीतिक संस्कृतिका बारेमा गम्भीर सोचविचार गर्नु आवश्यक थियो। यो कदमले नेपालमा संवैधानिक पदहरूको निष्पक्षता र सम्मानको सवाल पुनः बहसको केन्द्रमा ल्याइदिएको छ।

अन्ततः, यस्तो निर्णयले तत्कालीन चर्चाको विषय त अवश्य बनाउँछ, तर दीर्घकालीन रूपमा हाम्रो लोकतन्त्र, राजनीतिक संस्कार, र भावी नेतृत्व निर्माण प्रक्रियामा कस्तो प्रभाव पार्ने हो भन्ने सोच गम्भीर विषय राष्ट्रप्रमुख पदमा बसेपछि सार्वजनिक जीवनको एउटा नयाँ उच्च मान्यता स्थापित हुन्छ जसले दलभन्दा माथि रही सबै नागरिकको प्रतिनिधित्व गर्ने गरिमा बनाउँछ।

त्यस्तो गरिमा बोकेको व्यक्तित्वले फेरि दलगत राजनीतिमा फर्कनु नै लोकतन्त्रप्रतिको आस्थामा केही संकाको संकेत दिन सक्छ।

यसले भविष्यका पुस्तालाई पनि यस्तो सन्देश दिन सक्छ कि राजनीति केवल अवसर प्राप्तिको साधन हो, र राष्ट्रको सर्वोच्च पद पनि केवल रणनीतिक मोडको हिस्सा बन्न सक्छ भन्ने बुझाइ फैलिन सक्छ। यो नै लोकतान्त्रिक मूल्य र संस्थागत गरिमामा आँच पुग्ने सम्भावनाको संकेत हो।

यसैले, पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कनुअघि दीर्घकालीन सन्देश, गरिमा र राजनीतिक संस्कृतिका बारेमा गम्भीर सोचविचार गर्नु आवश्यक थियो। यो कदमले नेपालमा संवैधानिक पदहरूको निष्पक्षता र सम्मानको सवाल पुनः बहसको केन्द्रमा ल्याइदिएको छ।

अन्ततः, यस्तो निर्णयले तत्कालीन चर्चाको विषय त अवश्य बनाउँछ, तर दीर्घकालीन रूपमा हाम्रो लोकतन्त्र, राजनीतिक संस्कार, र भावी नेतृत्व निर्माण प्रक्रियामा कस्तो प्रभाव पार्ने हो भन्ने सोच गम्भीर विषय हाे ।

Exit mobile version