JanaKura

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल चयन

 

काठमाडौं, जेठ १० – नेपाली फार्मेसी क्षेत्रको नेतृत्वमा अब युवराज भुसाल देखिने भएका छन्। शनिबार सम्पन्न नेपाल फार्मेसी संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसाललाई अध्यक्षमा निर्वाचित गर्दै २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

स्वास्थ्य सेवा प्रणालीमा औषधि व्यवसायको भूमिकालाई अझै मजबुत बनाउनका लागि नयाँ नेतृत्वसँग ठूलो अपेक्षा गरिएको छ।

महाधिवेशनबाट संघका उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भए। महासचिवको जिम्मेवारी सुवर्णराज पन्तले सम्हाल्ने भएका छन्।

त्यसैगरी, सचिव पदमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी र कृष्णमुरारी शुक्ला चयन भए।

कोषाध्यक्षमा यदुप्रसाद पन्त र सह-कोषाध्यक्षमा विष्णु कंडेल निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र छन्।

नयाँ नेतृत्वसँगै फार्मेसी क्षेत्रमा नयाँ सोच, योजना र सुधारका अपेक्षाहरू जोडिएका छन्। यो परिवर्तनले औषधि व्यवसायमा कार्यरत सम्पूर्ण व्यक्तिहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ।

Exit mobile version