JanaKura

बुद्धको शिक्षाले सबैमा शान्ति, करुणा र उज्यालो फैलोस् : प्रधानमन्त्री ओली

 

काठमाडौँ, २९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पच्चीस सय उनहत्तरौँ बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो फैलोस् भन्ने कामना गर्नुभएको छ।

फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार” भन्दै स्मरण गर्नुभएको छ।

“बुद्ध जयन्तीले हामीलाई बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणको सम्झना गराउँछ,” उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाले हाम्रो दृष्टिकोण सम्यक्, सोच शुद्ध र कर्म उज्यालो बनोस् भन्ने आशा व्यक्त गर्नुभएको छ।

Exit mobile version