काठमाडौँ, वैशाख २३ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच आज बिहान खुमलटारमा भेटवार्ता भएको छ।
दुई नेताबीचको यस भेटमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ। मुलुकको आर्थिक रूपरेखा तय गर्ने संवेदनशील घडीमा भएको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
