JanaKura

नखुलेको ९५ लाखसहित चार जना पक्राउ

Engraving: Black woman wearing handcuffs. Line art toned image

 

काठमाडौँ, २२ वैशाख — काठमाडौँमा स्रोत नखुलेको नगदसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि दुई वटा मोटरसाइकलमा शंका लाग्दा उनीहरूलाई रोकी जाँच गरिएको थियो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार व्यक्तिहरूको साथमा रहेको झोलामा खानतलासी गर्दा रु ९५ लाख १७ हजार ५ सय फेला परेको हो। रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

Exit mobile version