JanaKura

सुनचाँदीको मूल्य घट्दो क्रममा, कारोबारको पहिलो दिनमा गिरावट

 

काठमाडौँ, २१ वैशाख — साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु १,८४,१०० मा कायम भएको छ, जुन गत बुधबारको मूल्य रु १,८८,१०० भन्दा रु ४,००० कम हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज एक तोला चाँदी रु १,९१० मा कारोबार भइरहेको छ, जुन अघिल्लो बुधबारको रु १,९६५ को तुलनामा रु ५५ ले घटेको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,२४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। भारत–पाकिस्तानबीचको वैमनस्यता र चीन–अमेरिकाबीचको व्यापार द्वन्द्वले सुनचाँदीको मूल्यमा हाल घट्दो प्रभाव पारेको बताइएको छ।

विश्लेषकहरूका अनुसार भू–राजनीतिक अस्थिरता तथा लगानीकर्ताको सतर्कता पनि मूल्य घट्नमा प्रभावकारी बनेका छन्।

Exit mobile version