JanaKura

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

 

काठमाडौँ, १७ वैशाख — आज दिउँसो नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो, तर अहिले उहाँलाई रिहा गरिएको छ। सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्ने अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रकै आधारमा चौधरीलाई पक्राउ गरिएको थियो। पछि अदालतले उक्त पत्र वैध नभएको जानकारी दिएपछि चौधरीलाई छुटाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार, चौधरीलाई तत्काल रिहा गरिएको छ भने उक्त अनधिकृत पत्र लेख्ने अधिकृत विष्टलाई नियन्त्रणमा लिइएको छ।
चौधरी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन जाँदै गर्दा पक्राउ परेका थिए।

Exit mobile version