• Jana Kura

  • 2025-04-21

नबिना श्रेष्ठ
वैशाख ७, २०८२

नेपालका प्रथम म्याराथुन धावक खेलाडी मिनबहादुर बिष्ट स्मृति प्रतिष्ठानलाई मध्यनजर गरी नेपाली खेल खेलाडीहरु थाइल्याण्डकाे चौङराइ प्रोविन्समा आयोजित २९ औँ थाइल्याण्ड मास्टर एथेलेटिक्स च्याम्पियनसिप खेलमा भाग लिन गएका नेपाली खेलाडीहरूलाई आयोजित गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान काठमाडौँ स्थानमा एक होटलमा कार्यक्रमका प्रमुख गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल र नेपाल मास्टर एथलिट एसाेशिएसनका अध्यक्ष जि.एन.दाइ शर्मा, मिनबहादुर बिष्ट स्मृति प्रतिष्ठान संस्थापक अध्यक्ष रमेश बिष्ट लगायतले खेलाडीहरूलाई सम्मानपत्र दिई बधाई तथा सम्मान गरेका छन् । नेपाल मास्टर एथलिट एसोसिएसनका कोषाध्यक्ष भैरव शाहीकाे लिडर सिपमा सुची शाही, कृष्णप्रसाद सिग्देल,गिर्वाण विक्रम शाह ,सुनिल शाक्य ,नरेन्द्रमान श्रेष्ठ, अशोक बिष्ट ,गौतम माझी, सुनिल कुमार लालवानी, शंकर शाह, गोविन्द बहादुर थापा ,समेतको टोली थाइल्याण्डमा भएको खेलमा भाग लिन गएका थिए।

उमेरको अनुसारले युवा भन्न नमिलेता पनि युवाको भन्दा कम जोश जाँगर साहसी खेल जगतमा योगदान दिइ अमूल्य समय बिताएका खेलाडीहरूलाई च्याम्पियनसिपमा भाग लि सिल्भर जितेर आएकोमा गर्वका साथ सम्मानपत्रले बधाई दिई सम्मान गरेको हो। थाइल्यान्डमा प्रस्थान हुन लागेका खेलाडी टिमलाई अझ जोश जाँगर र ऊर्जा मिलोस् भनी अध्यक्ष जी.एम दाई शर्मा स्वयंले खेलाडीहरूलाई हौसला र प्रेरणा दिइरहेका बताउदै मिनबहादुर बिष्ट एक यस्तो खिलाडी हो जुन गोकर्णेश्वर नगरपालिकाको इज्जत नाम प्रतिष्ठा राखेका व्यक्ति हुन् उनलाई आज हामीले बिर्सन सकेका छैनौं उनको सधैं सम्मानका साथ आदरका साथ सम्झिरहनुपर्ने उहाँले बताए। मिनबहादुर बिष्टले गर्दा नै गोकर्णेश्वर नगरपालिकाको नाम उच्च स्थानमा रहेको नेपाल मास्टर एथलिट एसोसिएसन का अध्यक्ष जिएन दाई शर्माले बिष्टको पारिवारिक जीवन र उनका पृष्ठभूमिको बारेमा बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालले खेल जगतलाई अझ उच्च स्थानमा लैजाने र मिनबहादुर बिष्ट स्मृति प्रतिष्ठानलाई खिलाडीहरूको प्रेरणाको स्वरूप उच्च स्थानमा सम्मानका साथ कदर गरी स्मृतिलाई जोगाइ राख्ने उहाँले बताउनुभएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै