नविना श्रेष्ठ
चैत २२,२०८१
काठमाडौं /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विश्वभरको वायु प्रदूषणको कारण विज्ञप्ति निकालेको छ विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने World AQI Ranking अनुसार नेपालको वायु केही दिनदेखि नै विश्वकै अत्याधिक अस्वस्थकर सूचीमा अग्रस्थानमा रहेको छ।
यसैगरी दम क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगीहरूको जोखिमसमेत बढाउने बताइएको छ। वायु प्रदूषणले शारीरिक तथा मानसिक रुपमा कमजोर शिशु जन्मिने सम्भावना समेत उच्च जोखिम रहेको जनाएको छ। नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्षमुनिका बालबालिका गर्भवती महिला दीर्घरोगी र जेष्ठ नागरिकहरू बढी जोखिममा पर्ने गरेका छन्। भने नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण पनि एक प्रमुख कारणका रुपमा देखिएको छ। वायु प्रदूषणबाट बच्नका लागि सकेसम्म अनावश्यक यात्रा र बिरामी हिँडाई नगरिदिनुहुनका साथै बाहिर यात्रा गर्ने परेमा अनिवार्य रुपमा मास्क लगाउन र अत्याधिक प्रदुषित क्षेत्रबाट टाढा रहन मन्त्रालयले सबैमा अनुरोध गरेको छ। यदि आम जनताहरूलाई केही थप जानकारी आवश्यक परेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेलो स्वास्थ्य कल सेन्टर १११५ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म whatsapp/ viber
९८५ १०३३०५९२ मा सम्पर्क गर्न सकिने आम नागरिकलाई जानकारी समेत गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्ति ।
