JanaKura

आन्दोलनका क्रममा गोली लागेका एक युवकको मृत्यु

काठमाडौं १५ चैत ।आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।

कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।

उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो।न्युजकारखाना

Exit mobile version