काठमाडाैं,२० फागुन । राष्ट्रिय महिनावारी संजाल (एमएचएमपिए) र बियोण्ड बेइजिङ्ग कमिटी (बीबीसी)ले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि सहभागीहरूसंग संवाद तथा छलफल गरेकाे छ
राजधानीमा भएकाे एक कार्यक्रममा राष्ट्रिय महिनावारी संजाल (एमएचएमपिए) र बियोण्ड बेइजिङ्ग कमिटी (बीबीसी) को संयुक्त आयोजना तथा प्लान ईन्टरनेशनलको सहकार्यमा आज लैङ्गिकतामा-आधारित हिंसा र महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन बिषयक संवाद कार्यक्रमको आयाेजना गरेकाे हाे ।
संवाद कार्यक्रममा बियोण्ड बेइजिङ्ग कमिटी (बीबीसी)का अध्यक्ष सुश्री कृष्णा कुमारी वाइबाले सहभागीहरूलाई स्वागत गर्नुका साथै महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन बिषयक संवाद कार्यक्रममा विज्ञहरूसंगकाे छलफलले एउटा निचाेड निस्कने बताउनुभयाे ।
स्वास्थ्य सेवा विभाग, जेरियाट्रिक हेरचाह शाखाका प्रमुख कविता अर्यालले महिला पुरूष मात्र नभएर अल्पसंख्यकहरू पनि महिनावारी स्वास्थ्य र स्वच्छतासंग जाेडिने बताउनुभयाे । उहाँले महिनावारी मात्र नभएर मानसिक स्वास्थ्यसंग पनि सम्वन्ध रहेकाे बताउनुभयाे ।
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. स्वराज राजभण्डारीले महिनावारी स्वास्थ्य सम्बन्धी भ्रमहरूलाई हामीलेनै सम्बोधन गर्नुपर्ने बताउँदै नेवारी परम्परामा महिनावारीका विषयमा सजग र सहजै लिने भएकाेले नेवारी परम्परामा शिक्षासहितकाे शुभकार्य हुने बताउनुभयाे ।
राष्ट्रिय महिनावारी संजाल (एमएचएमपिए)का अध्यक्ष गुणराज श्रेष्ठले नेपाल सरकारसंग सहकार्य गरेर नितिनियमसहितकाे छलफलमा रहेकाे बताउँदै महिनावारीसंग सम्वन्धित समस्या र निराकरणका लागि विज्ञहरूसंग समूहगत छलफलका गरेर यसैबाट निस्केकाे निचाेडका आधारमा सरकारलाई सहजिकरण गर्ने बताउनुभयाे ।
