JanaKura

केपी ओली कपको लागि विश्वकप विजेता इटालीका पूर्वकप्तान गोलकिपर  बुफोन नेपालमा

काठमाडाैं, १८ फागुन । विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने गोलकिपर जियानलुजी बुफोन नेपाल आइपुगेका छन्।

केपी ओली कप फुटबल प्रतियोगिताको अवसर पारेर बुफोन आइतबार नेपाल आइपुगेका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका थिए।

सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरे।
बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।

Exit mobile version