काठमाडौं १७ फागुन /जेएम 30 ग्रुप टाेखाका अध्यक्ष शैलेन्द्र डंगोल सम्मानित भएका छन् । टाेखा नगरपालिका वडा ३ निवासी समाजसेवि शैलेन्द्र डंगोललाई दक्षिणकाली नगरपालिका वडा ८ छैमलेमा अवस्थित संस्था भत्तेरचौर शितोरियो कराते डोजोले सम्मानित गरेका हुन् ।


सम्मान ग्रहण गरेपछि समाजसेवि शैलेन्द्र डंगोलले भत्तेरचौर शितोरियो कराते डोजोका पदाधिकारी ,प्रशिक्षक र खेलाडीहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

भत्तेरचौर शितोरियो कराते डोजोले आयोजना गरेको सम्मान कार्यक्रममा
डाेजाेका मुख्य प्रशिक्षक सुद्दिप आचार्य, सहायक प्रशिक्षक श्री कृष्ण आचार्य , सहायक प्रशिक्षक अनिल कर्माचार्य,डाेजाेका पदाधिकारीहरु लगायत खेलाडीहरुको उपस्थित थियो ।