काठमाडौँ, १६ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । “आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ । तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ ।
प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना

k|d cf]nL sf7df8f}F, * df3M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ ;"rgf k|ljlw If]qsf pBdL / lj1;Fusf] 5nkmndf k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;