काठमाडौं २२ माघ।
टोखा युवा क्लवको अध्यक्षमा आशाबहादुर महर्जन चयन भएका छन् । शनिबार क्लबको १७ औं वार्षिक साधारण सभा तथा र ८ औं अधिवेशनबाट महर्जनलाई सर्वसहमत अध्यक्षको पदमा चयन गरिएको क्लबले जनाएको छ।
त्यस्तै क्लबको उपाध्यक्ष रामकाजी श्रेष्ठ, सचिवमा सुरज डंगोल, कोषाध्यक्षमा राजमती श्रेष्ठ,सहसचिवमा राजेश श्रेष्ठ ,सदस्यहरूमा राजकाजी श्रेष्ठ,सुमित श्रेष्ठ,राजेन्द्र श्रेष्ठ
नारायणकाजी डंगोल,राहुल लवट र अनिल डंगोल छन् । क्लबले टाेखामा युवा वर्ग लक्षित खेलकुद संचालन देखि लिएर विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेका छन् ।