• Jana Kura

    • 2025-02-04

    काठमाडौं २१ माघ,२०८१

    मच्छिन्द्र फुटबल क्लबको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । क्लबको नयाँ नेतृत्वका लागि चलिरहेको निर्वाचन प्रकृयामा उहाँको उम्मेदवारीलाई कुनै चुनौती नआएपछि श्रेष्ठ सहज रूपमा नेतृत्वमा पुगेका हुन् ।

    श्रेष्ठले यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै क्लब व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। मच्छिन्द्रलाई घरेलु फुटबलको ‘पावर हाउस’को रूपमा स्थापित गर्न उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।

    बुधबार उम्मेदवारी मनोनयन प्रक्रियामा श्रेष्ठको मात्रै नाम दर्ता भएको थियो। बिहीबार दिउँसो १ बजेसम्म दाबी विरोध नआएपछि उहाँ निर्विरोध अध्यक्ष बनेकाे हाे।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै