नविना श्रेष्ठ
माघ २१/२०८१
नेपाल स्काउट बागमती प्रदेशका अभिमुखीकरण तालिम नुवाकोट जिल्लामा रहेका पञ्चकन्या गाउँपालिका लाकुरी भन्ज्याङ अवस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा स्काउट अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
पञ्चकन्या गाउँपालिकामा रहेको विभिन्न विद्यालयका विद्यार्थीहरूको बाक्लो सहभागी रहेको थियो। स्थानीय सरकार पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख धर्मराज रिमालको साथ सहयोग सल्लाह सँगै पञ्चकन्या गाउँपालिकामा रहेको स्वास्थ्य शिविर भवनको एक हलमा १०२ जना सहभागी विद्यार्थीहरूलाई स्काउट तालिम दिएको हो।
विद्यार्थी लगायत विभिन्न विद्यालयका शिक्षकहरूको पनि सहभागी रहेको थियो। पञ्चकन्या गाउँपालिकामा रहेका विद्यालय कालिका माध्यमिक विद्यालय का शिक्षक कोषराज थपलिया पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक केशव बिष्ट बच्छला माध्यमिक विद्यालयका शिक्षक विक्रम सुनुवार कुण्डला माध्यमिक विद्यालयका शिक्षक पुष्पराज भारती इन्द्रेणी माध्यमिक विद्यालय उदय जाल्पा माध्यमिक विद्यालय मङ्गला माध्यमिक विद्यालय गरी सातवटा विद्यालयका विद्यार्थीहरू र शिक्षकहरूको सहभागितामा अभिमुखीकरण तालिम सम्पन्न भएको हो। बागमती प्रदेशका आयुक्त शिवकुमार त्वयाना को साथमा नेपाली स्काउटका राष्ट्रिय प्रशिक्षक बागमती प्रदेशका कार्यसमितिका सदस्य हरु स्वयं उपस्थिति भई स्काउट तालिम दिएको थियो यसरी यस्ता तालिमहरू गर्दै चाँडै नै सबै विद्यालयहरूमा स्काउट सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
ज