• Jana Kura

  • 2025-02-04

 

नविना श्रेष्ठ
माघ २१/२०८१

ताँदी गाउँपालिका वडा नं ४ तामे सुन्दरादेवी माध्यमिक विद्यालयमा नेपाल स्काउट बागमती प्रदेशको अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक राजन पाठकको अनुरोधको साथमा तादी गाउँपालिका स्थानीय सरकार साथ सहयोगले बागमती प्रदेशका आयुक्त आफै उपस्थित भई अभिमुखीकरण तालिम दिएको थियो। २०६८ सालमा नेपाल स्काउट सञ्चालन भएको स्कुल भूकम्पको समयमा स्काउटरको मृत्युपछि स्काउट सञ्चालन हुन सकेको थिएन।

स्कुलका प्रधानाध्यापक राजन पाठक आफै स्काउटर भएकोले आफ्नो स्कुलमा स्काउटको आवश्यकताको महसुस गरी पूर्ण फेरि स्काउट सञ्चालन गर्न लागि परेको बताए आजको आवश्यकता शिक्षामा जीवन उपयोगी शिक्षाको जरुरीको महसुस गर्दै स्काउट चाहिन्छ भनेर यो ट्रेनिङ सञ्चालन गरेको बताए। २०४१ सालमा आफूले बि.टि.सी तालिम लिएर तादी गाउँपालिकामा स्काउट सञ्चालन गरेको विगतका आफ्ना अनुभवीहरू हामीसामु सेयर गरेको थियो।

 

विगतमा जस्तै पूर्ण एकपटक फेरि यस्ता अभिमुखीकरण तालिम सञ्चालन गर्दै स्कुलमा स्काउटको स्थापना गर्ने बताए २०८२ सालको वैशाख महिनादेखि स्काउट सञ्चालन गर्ने जनाएका छन्। स्कुलमा स्काउट सञ्चालन गर्नको निम्ति दक्षी र अनुभवी स्काउटरको जन्म हुनको निम्ति स्काउटको विभिन्न तालिमहरूको आवश्यकता भएको कारणले बागमती प्रदेशका आयुक्त शिवकुमार त्वयाना लाई तालिम सञ्चालनमा समय मिलाइदिन आग्रहसमेत गरेका छन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै