JanaKura

संकटाले जित्याे सभापति कप फुटबलको उपाधि

सभापति फाइनल खेलमा संकटा क्लब र बागमती लोकतान्त्रिक काठमाडौँ, १७ माघः दशरथ रङ्गशालामा बिहीबार जारी नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिद्वारा आयोजित सभापति कप फुटबल–२०८१को फाइनल खेलमा संकटा क्लब र बागमती लोकतान्त्रिकबीच प्रतिस्पर्धा गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

 

काठमाडौं १७ माघ । आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई टाइब्रेकरमा पराजित गर्दै संकटा क्लब एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको  फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछिको खेल टाइब्रेकरमा संकटाले ४–३ ले जितेको हो । उपाधिसँगै संकटा क्लबले उपाधी जित्दै २६ लाख रुपैयाँ हात पार्‍यो। त्यस्तै उप बिजेता बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरेका थिए ।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोकेका हुन् ।

Exit mobile version