JanaKura

टाेखामा नि: शुल्क ४ दिने पत्रकारिता तालिम सम्पन्न

 

काठमाडौं १७ माघ। टाेखा नगरपालिकाले सञ्चालन गरेको नि: शुल्क  चार दिने आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ।टोखा नगरपालिकाको सहयोगमा रेड मिडिया प्रालि. द्वारा सञ्चालित चार दिने आधारभूत पत्रकारिता तालिम आज टाेखा नगरपालिका वडा ११ को सभा हलमा समापन भएको छ । पत्रकारिता तालिम टाेखा नगरपालिकाका प्रत्येक वडा बाट दुई दुइ जना सहभागि हुने कुराभए पनि १७ जना मात्रै प्रशिक्षार्थी सहभागीता जनाएका थिए । तालिममा समाचार लेखन, संकलन, श्रोत पहिचान, रेडियो उद्घघोषण, मोबाइल पत्राकारिता लगाएतका बिबिध बिषयहरुमा प्रशिक्षण दिइएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरप्रमुख प्रकाश अधिकारीले तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिएका छन।उहाँले नगरपालिकाको उदेश्य सभ्य समाज निर्माण गर्ने भएकाले त्यो सुशासनको व्यवस्थाबाट मात्रै संभव हुने भन्दै समृद्धि समाज निर्माणको लागि पत्रकारिता गर्नुपर्ने बताए।

टोखा नगरपालिकाको सहयोगमा रेड मिडिया प्रा.लि. ले मिति २०८१ साल माघ १३ गतेदेखि १६ गतेसम्म आयोजना गरेको ४ दिने आधारभूत पत्रकारिता तालिम मा सक्रियतापूर्वक सहभागी भई तालिम लिनु भएका प्रशिक्षार्थीहरुलाई ससम्मानका साथ प्रमाण-पत्र प्रदान गरिएको थियो ।

चार दिने नि:शुल्क आधारभूत पत्रकारिता तालिमका प्रमुख प्रशिक्षक डा. बिजय प्रसाद मिश्रले तालिम महत्त्वपूर्ण र उपलब्धिमुलक रहेको बताउनु हुँदै उहाँले तालिमले दिशानिर्देश मात्रै गरेको र बाकी अभ्यास गर्दै अगाडि बढ्न अनुरोध गरे।

कार्यक्रममा रेड मिडिया प्रा. लि.का अध्यक्ष विष्णुमाया पौडेलले तालिम ज्ञानवर्दक रहेको अनुभुति व्यक्त गर्दै कार्यक्रमलाई समापन गरिन ।कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि.सि.लगायत टाेखा नगरपालिकाका कर्मचारीहरु लगायत रेड मिडिया प्रा. लि.का कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।

 

    

Exit mobile version