काठमाडौँ, १५ माघ : नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट तीनजना गैरसैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ । जङ्गी अड्डामा आजदेखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कृत गर्नुभयो । गैरसैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम, प्रतीमा राजभण्डारी द्वितीय र सरोज बैजु तृतीय तथा सैनिक फोटोग्राफरतर्फ प्राविधिक जमदार राजिव हेङ्गजु प्रथम हुनुभएको छ । सो अवसरमा सेनाकै युनिटहरूमध्येबाट प्रथम पूर्वी पृतना हेडक्वार्टर, द्वितीय विकास निर्माण निर्देशनालय र तृतीय भएका युद्धकवच गण सम्मानित भए । सोही अवसरमा प्रधानसेनापति सिग्देलले फोटो प्रतियोगिताको मूल्याङ्कन समितिमा रहनुभएका राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्न श्रेष्ठ, फोटो पत्रकार वर्षा शाह र प्राविधिक सेनानी सुलभ श्रेष्ठ तथा इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न तस्बिरको माध्यमबाट योगदान पु¥याउनुभएका सुनिल उलकलाई कदरपत्र प्रदान प्रदान गर्नुभयो । सेनाले तस्बिरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैरसैनिक व्यक्तिको विशेष योगदानलाई कदर गर्दै फोटो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
उत्कृष्ट गैरसैनिक फोटो पत्रकार पुरस्कृत

काठमाडौं ,१५ माघः काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, नेपाली सेनाले जङ्गी अड्डा हेडक्वाटरमा मङ्गलबार माघ १५÷१८ गतेसम्म आयोजना गरेको नेपाली सेना फोटो तथा बृहत् प्रदशनी–२०८१ मा प्रदशनीमा राखेको तस्बिरहरू अवलोकन गर्दै । तस्बिरः हरिराम भेटुवाल÷रासस