JanaKura

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन खुल्यो

 

काठमाडौं ९ माघ/आइसीएफसी फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।

फाइनान्सले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ।

सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताहरुले आजदेखि नै यो ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

Exit mobile version