काठमाडौं ६ माघ/काठमाडौं महानगरपालिकाले ज्यापू महागुथि नेपाःलाई भवन हस्तान्तरण गरेको छ। शनिबार, काठमाडौंको १५ वडा, बैलोचनतीर्थमा काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको भवनको साँचो उपमेयर सुनिता डंगोलले महागुथि नेपालका अध्यक्ष सत्यनारायण डंगोललाई हस्तान्तरण गर्नुभएको हो।
भवन हस्तान्तरण कार्यक्रममा काठमाडौंका विभिन्न वडाका वडा अध्यक्षहरू र महागुथिका विभिन्न उपसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो भवन ज्यापू समुदायको कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ।