JanaKura

सेतिदेवी माविको ७२ औँ वार्षिकोत्सवमा पूर्व विद्यार्थीले गरे विभिन्न सामग्री सहयाेग

सिन्धुपाल्चाेक, २६ पुस । सिन्धुपाल्चाेककाे स्याउलेमा रहेकाे श्री सेतिदेवी माध्यमिक विद्यालयको ७२ औँ वार्षिकोत्सव, २५ औं अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह विविध कार्यक्रमका साथ मनाएका छन् ।

विद्यालयको ७२ वार्षिकोत्सवकाे कार्यक्रम वागमती प्रदेश सरकारका पूर्व भौतिक तथा पुर्वाधार विकासमन्त्री युवराज दुलालकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे । पूर्वमन्त्री दुलालले विद्यालयलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले ‘शिक्षाको सुधार नभएसम्म समाज बिकासको अन्य कार्य अपुरो रहने बताउनुभयाे’

चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले नगरपालिकाको विद्यालय समायोजन योजनाले सेतिदेबीलाइ राहत पुगेको बताउनुभयाे । उहाँले विद्यालयको लागि शैक्षिक पक्षलाई अभिभावकहरुले निरन्तर नियालेर गुणस्तर शिक्षा सुधारमा सघाउ पुर्याउन सम्वद्ध सवैलाई आग्रह गर्नुभयाे ।

चौतारा नगर शिक्षा शाखा प्रमुख मातृका आचार्यले विद्यालयको शिक्षकहरुको एकतालाई मजबुद पार्न आग्रह गर्नुभयाे ।

विद्यालयले विद्यालय परिसरभित्र पत्रु खाना तथा खाजा निषेध गरिएको, वालबिकास देखी कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि स्वस्थ र पोषिलो खाजाको प्रवन्ध मिलाएको र बार्षिक कार्यपत्र अनुसार साप्ताहिक अतिरिक्त कृयाकलाप सञ्चालन गरिएकाे जनाएकाे छ ।

कार्यक्रममा सेतिदेवी भूतपूर्व विद्यार्थी एकता समाजले पूर्व प्रधानाध्यापक शालिकराम वली, गाेपाल पुरी र मोहनप्रसाद सापकोटालाइ सम्मान गरिनुकासाथै समाजले प्रधानाध्यापक सविन दंगाललाइ कदरपत्र प्रदान गरेकाे थियाे । समाजले पूर्व विद्यार्थीहरूबाट संकलित रकमले विद्यालयमा महिलाहरूकाे स्वास्थ्यलाइ ध्यानमा राखेर महिनावारी हुँदा लगाएकाे स्यानीटरी प्याड डिस्पाेजल मेसिन, हरपिक २० लिटर, फिनेल २० लिटर, शाैचालयकाे दुर्गन्धित हावा फाल्ने पंखा, ब्रसलगाएतका सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रत्न छत्र हिमालय फाउण्डेसनका अध्यक्ष तथा लायन्स समाजसेवी राजेश हिमालयले कक्षा एघार र बाह्रका १० जना जेहेन्दार विद्यार्थीलाइ स्कुल झाेला सेतिदेवी भूतपूर्व विद्यार्थी एकता समाजका अध्यक्ष दिपेन्द्र श्रेष्ठकाे हातबाट वितरण गरिएकाे थियाे ।

वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाईलाई पुरस्कृत, योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियाे भने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेका थिए ।
कार्यक्रम शिक्षक तथा समाजका सदस्य पञ्चलाल श्रेष्ठ तथा शिक्षक रामहरी शर्माले सञ्चानल गरेका थिए ।

 

Exit mobile version