JanaKura

टाेखामा १५ औं नेवाः एकता दिवस मनाइदै

 

काठमाडौं २३ पौष / टाेखामा १५ औं नेवाः एकता दिवस मनाउने  भएको छ। नेवाः देय् दबू केन्द्रीय समितिको आयोजना तथा नेवाः देय् दबू तोखा नगर समितिको दोस्रो बृहत अधिवेशनको सन्दर्भ पारेर भोलि पौष २४ गते बुधबार १५ औं नेवाः एकता दिवस मनाउन लागिएको हो।

नेवाः भाषा, कला, लिपि, संस्कृति, जात्रापर्व र संस्कारको विकास गर्नको लागि राज्य सत्तामा समुदायमा पहिचान, पहुँच र प्रतिनिधित्वमा ग्यारेन्टी हुनुपर्ने र यसको निम्ति संबिधान संशोधन गर्न दबाबमूलक अभियान तीब्र गतिमा कदम चाल्न साथै नेवाः समुदाय भित्र अनेकतामा एकता हुनुपर्ने मूल सन्देश प्रवाह गर्ने उद्देश्यले ने.सं. ११४५ पोहेलाथ्व नवमी, २०८१ पौष २४ गते बुधवार १५ औं नेवाः एकता दिवस
ऐतिहासिक नगरी टाेखामा नेवाः देय् दबू तोखा नगर समिति, नेवाः गुथि तोखा, टोखा सांस्कृतिक संरक्षित क्षेत्र र स्थानीय संघसंस्था खलः पुचःको व्यवस्थापनमा हुनलागेको नेवाः देय् दबू केन्द्रीय समितिका महासचिव सत्यनारायण डंगोलले बताउनुभएको छ।

१४ वर्ष अघि पनि दशरथ रंगशालामा नेवाः समुदाय भेला भएर नेवाः स्वायत्त राज्य माग सहित नेवाः एकता दिवस आयोजना गरिएको थियो ।

बुधबार हुने १५ औं नेवाः एकता दिवसको लागि ऱ्याली बिहान ११:३० बजे शुरु हुने स्थान टाेखा नगरपालिका वडा ३ सरस्वती मन्दिर प्राङ्गणमा , ध्वाखा पिने टाेखा गेटमा जमा भएर नगर परिक्रमा गरि टाेखा नगरपालिका वडा २ स्थित थने लाछी बृहत सभामा परिणत हुने जनाएको छ।

एकता दिवस कार्यक्रम बृहतरुपमा मनाउन देशै भरीका खलः पुचः संघसंस्थाहरुलाई बाजागाजा र व्यानर सहित मौलिक भेषभुषा सहित सहभागीता जनाउन हार्दिक अपिल गरिएको छ।

 

Exit mobile version