नबिना श्रेष्ठ
पाैष १५,२०८१
हेटौडा उपमहानगरपालिकाको आयोजना र स्थानिय स्काउट कार्यालय हेटौडाको प्राबिधिक सहयोगमा संचालन भएको स्काउट आधारभुत (बि.टि.सि/पि.टि.सि) तालिम समापन भएको छ । हेटौडा उपमहानगरभित्र स्काउट गतिबिधीलाई प्रभावकारी ढ्ङ्गबाट संचालन गर्नको लागि स्काउट आधारभुत तालिम संचालन गरिएको थियाे। उक्त तालिम ५ रात ६ दिनको पुर्ण आवासिय रहेको थियो। तालिममा महिला तर्फ ४३१ औ कोर्ष नं.मा ३१ जना सहभागी रहेको थियो ।भने पुरुष तर्फ ५८०औ कोर्ष नं.मा १८ र ५८१औ कोर्ष नं.मा १९ जना गरि जम्मा ६८ जनाको सहभागी रहेको थियो ।
तालिमको समयमा सहभागिहरुलाई मुख्य प्रशिक्षकको रुपमा कोर्षलिडर रुबिना छुस्याबाग, प्रदेश आयुक्त शिव कुमार त्वायना र राष्ट्रिय परिषद सदस्य अशोक कुमार थापा मगर रहनुभएको थियो। पुरुष तर्फ सहायक कोर्षलिडरमा राष्ट्रिय परिषद् सदस्य सुरेन्द्र कारंञ्जित रहेकाे थियो। कोर्षलाई सहज हिसाबले सचालन गर्नको लागि काउन्सिलर जोहन पहाडी, डेमिज थापा मगर, सुमित्रा लामा, शारदा मैनाली, लक्ष्मी थापा, त्यसै गरि बागमती प्रदेश स्काउट कार्यसमिती सदस्य नबिना श्रेष्ठ, बागमती गाउँपालिका स्काउट प्रमुख आयुक्त राजकुमार राई, बुढानिलकण्ठका स्काउटर इन्द्रमणी दाहाल, शंखरापुर नगरपालिकाको स्काउटर समिर भुजेल रहनुभएको थियो। तालिमलाई प्रभावकारी ढङ्गबाट संचालन गराउनको लागि हेटौडामा संचालित पेन्गोलिन स्काउट कृउको र मनहरी कृउको उपस्थितिले महत्वपुर्ण रहेको थियो। तालिमको उदघाटन शिक्षा शाखा प्रमुख सिताराम कोइरालाले गरेका थिए ।भने समापन शिक्षा शाखा अधिकृत आठौ हरिचन्द्र सापकोटाले गरे।
समापन कार्यक्रममा हेटौडा उपमहानगरपालिका भित्र स्काउट संचालित भएको विद्यालय प्र.अलहरुको र (दल समितिको अध्यक्ष) हरुको पनि दिक्षान्त समारोह भएको थियो। दल समितिलाई दीक्षा हेटौडा उपमहानगरपालिकाको प्रमुख आयुक्त अनिल आचार्यले गरेका थियो। हेटौडा उपमहानगर भित्र र बाहिरको विभिन्न स्काउटरहरु साथ सहयाेग गर्ने बागमती प्रदेश स्काउट समिती सदस्य जमुना शर्मा, स्थानिय स्काउट समितिको सदस्यता वृद्धि आयुक्त शर्मिला ढकाल,बागमति प्रदेश स्काउट कार्यालयको अधिकृत शोभा लामिछाने, सहायक अधिकृत सौरभ अधिकारी,थाहा नगरपालिका प्रमुख आयुक्त गणेशमान श्रेष्ठ,शंखरापुर नगरपालिकाको प्रमुख आयुक्त राजेशमान श्रेष्ठ, स्काउटर ओमेश मल्ल, अमिन बज्राचार्य, चितवनको स्काउटर रुपेश थपलिया, शोहम के.सि, सितादेवी कार्की ,कागेश्वोरी मनोहराका स्काउटर युबक बिष्ट, टोखा नगरपालिकाको शैक्षिक पद्धति आयुक्त रोमन श्रेष्ठ साथै मकवानपुर जिल्ला सहजकर्ता इश्वर लामिछानेको सहभागिता रहेकाे थियाे।
