काठमाडौँ, २३ मङ्सिरः राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।
फोटो प्रदर्शनी गर्न चौध जना फोटोपत्रकार चीन प्रस्थान

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्तमा फोटो प्रदर्शनीका लागि आइतबार चीन प्रस्थानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । पिन्चाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा चीन प्रस्थान गरेको हो । उक्त भ्रमण संयोजक सुनिल शर्माका अनुसार चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री सङ्घको सहकार्यमा हुन लागेको हिमशृङ्खला माथिको उडानले भरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने छ । तस्बिरः रासस