• Jana Kura

  • 2024-11-13

नविना श्रेष्ठ

काठमाडौं २७ कार्तिक ।

टाेखामा लौह पुरुष वीर गणेशमान सिंहकाे १०९ ओै जन्मजयन्ती मनाएको छ। सर्वोच्च कमाण्डर लौह पुरुष वीर गणेशमान सिंहकाे १०९ ओै जन्मजयन्ती र सुवर्ण सम्शेर राणाको ४७ ओै स्मृति दिवसकाे उपलक्ष्यमा माल्यर्पण तथा चियापान कार्यक्रम टोखा गणेश पोखरीमा सम्पन्न भएको हो। नेपाली कांग्रेसका टोखा-२ का वडा सभापति हेराकाजी महर्जन डंगोलकाे सभाध्यक्षतामा टोखा नगरपालिका वडा समितिको आयोजनामा भएको कार्यक्रम सहसचिव सरोज डंगोलले सञ्चालन गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ जिल्ला उपसभापति गोकर्ण के.सी , विशिष्ट अतिथि क्षेत्र नम्बर ५ का प्रदेश (ख) का सभापति राजु खड्का, टोखा नगर सभापति ओम कृष्ण बिमली, टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, लगायत नेपाली काङ्ग्रेसका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै