नविना श्रेष्ठ
कार्तिक १२,२०८१
रोटरी क्लब अफ कपन आर.आइ. डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान (RI District 3292 Nepal -Bhutan ) को स्थापना दिवस तथा डिस्ट्रीक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षता तथा रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा शनिबार दरबारको उडलाइन होटलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
क्लबमा ७ जना नयाँ सदस्यहरुलाई पदस्थापना गरेको थियो । भने साे अवसरमा प्रमुख अतिथि डी.जी. राजेन्द्रमान शेरचनद्वारा क्लबका गतिविधिहरुलाई अझ सशक्त बनाएर अगाडि बढाउनुका साथै सदस्यता वृद्धि गर्न सुझाव दिए।
त्यसैगरी पूर्व अध्यक्ष डा .राजु लामा ( कोन्दन ) ले स्वागत मन्तव्य ब्यक्त गरे। डी.जीको परिचय क्लबका उपाध्यक्ष प्रल्हाद दाहालले गरेकाे थियो । साे कार्यक्रम संचालन क्लबका सचिब धुर्ब तिवारीले गर्नु भएको थियो ।
डिस्ट्रीक्ट गभर्नरले क्लोज बैठक बसी क्लबको रिपोर्ट अध्ययन गरि गभर्नर र सचिबले क्लब अध्यक्ष,सचिब, इलेक्ट प्रेसिडेन्टलाई आवश्यक निर्देशन दिइएको हाे।
क्लबको नवौं स्थापना दिबस मनाइनुका साथै क्लबका पूर्ब अध्यक्ष मनोज घिमिरेको पनि सोहि दिन जन्म दिन परेकोले केक काटी जन्म दिन मनाइएको हाे।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरुप बिरुवा प्रदान गरिएको हाे। क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेले कार्यक्रममा सहभागी सबैमा धन्यबाद ब्यक्त गर्दै सबै मिलि कार्यक्रमहरु गर्दै जाने कुरा जनाए।
कार्यक्रममा ड्रीस्टीक्टका पूर्व गभर्नर संजय गिरी, नोमिनी डिस्ट्रीक्ट गभर्नर बिष्णु बहादुर कार्की, सचिब अशोकमान कपाली, आर.आइ. प्रोग्राम कमिटी चियर दुर्गा सुवेदी , क्लबका ए.जी रुपेश श्रेस्ठ, एजी एवं भादगाउँ क्लबका पूर्व अध्यक्ष सि.पी आचार्य, चार्टर्ड प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, क्लबका मानार्थ सदस्य राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला ( प्रदिप कुमार राई ) र अर्का मानार्थ सदस्य साहित्यकार हेम प्रभाष बालबालिका अधिकार एवं महिला उत्थान कार्यक्रमकी चियर रमिला शाक्य क्लबका पास प्रेसिडेन्ट शिवहरी खनाल लगायत रोटरी क्लब अफ कपनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
