नविना श्रेष्ठ
असाेज,६,२०८१
टाेखा -२ मा गणेशमानकाे २७ओं स्मृति दिवस नेपाली कांग्रेसका वडा सभापति हेराकाजी महर्जन डंगोलको सभापतित्वमा र कार्यसमितिकाे संयुक्तमा टोखा गणेशपोखरीमा रहेको गणेशमान सालिकमा फुलमाला लगाई दीप प्रज्लन गरी स्मृति दिवस मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ जिल्लाका उपसभापति गोकर्ण केसी रहनुभएको थियो। प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस विविध कार्यक्रम गरी विभिन्न ठाउँमा मनाईकाे छ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।
वि.सं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरेपनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।भने वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन वि.सं २०५४ असोज २ गते भएको थियो।
काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउदै राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँ लगायतलाई तत्कालीन सरकारले जेल हालेको थियाे। वि.सं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका गणेशमान प्रवास जानुअघि तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय थिए।
जेलबाट भागेर भारतमा पुगी नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका उनले। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ। प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहेका उनी नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भएका थिए।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका सिहं, वि.सं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे।
विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे। तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा उनले विशेष अदालतबाट सफाइ पाए।
गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे। बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व पनि गरेका थिए। वि.सं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो। जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थिए। नेता सिंहको २७औँ स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी टोखामा पनि मनाइएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महासमितिका सदस्य, क्षेत्रीय प्रतिनिधि ,नगर सभापति, ३ वडाका वडा सभापति वडा जनप्रतिनिधि लगायत काङ्ग्रेसका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
