काठमाडौं २९ भाद्र /६०औं राष्ट्रिय बाल दिवसको अवसरमा
बालबालिकाको क्षेत्रमा देखिएका तमाम सवालहरु पहिचान गर्नुपर्ने, बाल मैत्री क्रियाकलापका लागि मौलिक हकको उपयोग गर्दै उनिहरुकोअधिकार संरक्षण र प्रबर्द्धनका सवालमा नगरले पहिलो प्राथमिकता तय गर्दै बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी “भन्ने नाराको साथ टाेखा नगरपालिकाले राष्ट्रिय बालदिवस २०८१ को सन्दर्भमा आयोजित “जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम” सम्पन्न गरेको छ ।
जनप्रतिनिधिसंग बालबालिका कार्यक्रमको प्रमुख अतिथि टाेखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले बिरुवामा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नभएकाे हो।त्यस्तै कार्यक्रममा सभा अध्यक्षता नगर बाल संजालका अध्यक्ष सुजल पाण्डे र कार्यक्रम संचालन संजालका सचिव सुम्रीना मानन्धर र सुवेक्षा चालिसे गर्नु भएको थियोे ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाका महिला अधिकृत एवं बाल कल्याण अधिकारी निर्मला रेग्मीले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्वेश्य माथि प्रकाश पार्नु भएको थियो ।
स्थानीय बाल अधिकार समितिका सदस्य अधिवक्ता मुकुन्द हरि दाहालले जनप्रतिनिधिसंग बालबालिका कार्यक्रममा यस अघि अनौपचारिक कार्यक्रममा बालबालिकाहरुले जनप्रतिनिधिहरुका लागि सोधिने प्रश्नहरुका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम बालबालिकाको सवालहरु पहिचान गर्दै टाेखा नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्नको लागि विभिन्न १५ वटा सुचिलाई अगाडि सार्दै टाेखा शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बालबालिका मैत्री घोषणा पत्रको अवधारणा प्रस्तुति दिनुभएको थियो ।
बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको उक्त भेला कार्यक्रमका प्रमुख अतिथि जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम नगर प्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकाले सामुदायिक विद्यालयमा मेयर दिवा खाजा कार्यक्रम टाेखावाट सुरु गरेसंगै देशभर दिवा खाजाको होडबाजी चलेको जस्को श्रेय टाेखा नगरपालिका नै भएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
साथै उहाँले टाेखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराएको बताउदै टाेखा नगरपालिकाले समग्र टोखा नगरपालिकालाई नैं बालमैत्री नगर घोषणाका लागी सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै टाेखा नगरपालिकाका सबैवडालाई बालमैत्री वडा घोषणाका लागी आवश्यक छलफलमा वडा भित्र हुन सक्ने वालविवाह , बालश्रम शारीरिक तथा मानसिक पिडा तथा बाल यौन दुर्ववहार , बलात्कार , जस्ता सबै प्रकारका बालहिंसाको रोकथाम , निशेध र नियन्त्रण तथा सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने जस्ता सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न आफू प्रतिवद्ध रहेर काम गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङ शुभकामना मन्तव्य राख्दै टाेखामा बाल मैत्री, बालश्रम मुक्त र बालबालिका सम्बन्धि हिंसा, बिभेद न्यूनीकरण र धूम्रपान , मध्यपान र दुर्व्यसन उन्मुलन , बालबालिका उद्दार जस्ता कार्यहरु गर्दै आइरहेको बताउदै टाेखा नगरपालिकाले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिले शुभकामना मन्तव्य राख्दै टाेखा नगरपालिकाले बाल अधिकार बाल मैत्रीपुर्ण रणनीति अनुरुप रुपान्तरण गरिरहेका बताउनुभयो।उहाँले
बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई असल शिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महत्वपूर्ण भुमिका रहेको औल्याउँनुभयो।
टाेखा नगरपालिकाको सभाहलमा आयोजना गरिएको राष्ट्रिय बालदिवस २०८१ को सन्दर्भमा आयोजित “जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम ” प्रमुख अतिथि टाेखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ” जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम “मा टाेखा नगरपालिकाका वडा १ देखि ११ वटै वडाका बाल संजालका , नगर बाल संजालका प्रतिनिधिले बालबालिकाको आअफ्नो क्षेत्रमा देखिएको बिद्यमान बाल बिबाह , बाल श्रम, लैंगिक विभेद, जातीय भेदभाव तथा लागुपदार्थ दुर्व्यसन, बालबालिका मैत्री सडक , बलात्कार , अपांग मैत्रीपुर्ण सडक , यौन दुव्र्यवहार,पुस्तकालय अभाव , बाल उद्यान जस्ता समस्या तथा चुनौतीहरु वडा अध्यक्षसंग समाधानको लागि प्रश्न सोधिएको थियोे भने वडा अध्यक्षहरुले उत्तर दिएर सहजिकरण गरेका थिए ।
कार्यक्रम नगर बाल संजाल ,स्थानीय बाल अधिकारकर्मीहरुले
बाल बिबाह , बाल श्रम, लैंगिक विभेद, जातीय भेदभाव तथा लागुपदार्थ दुर्व्यसन, बलात्कार , अपांग मैत्रीपुर्ण सडकको समस्या , यौन दुव्र्यवहार , बालबालिकाको क्षेत्रमा प्रमुख समस्या र चुनौतीका रूपमा रहेको भेलाका सहभागिहरुले सवालहरु उठान गरेका थिए । सम्बन्धित प्रश्नहरुको शिक्षा शाखा प्रमुख बाबुराम गौतम, नगर प्रमुख प्रकाश अधिकारी , प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि लगायतले
सहजिकरण गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरुले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर समेत गरेका थिए ।
जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम ” ,टोखा नगरपालिका वडा नं.१ का वडा रमेशकुमार लामिछाने ,टोखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,टोखा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रमेश डंगोल,टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,टाेखा
वडा नं.५ का वडा अध्यक्ष मदन गुरुङ , टोखा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल ,टोखा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष नरोत्तम राना,
टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्री ,टोखा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष रमेश लामा ,
टाेखा वडा नं.१० का वडा अध्यक्ष मचाकाजी महर्जन , कार्यपालिका सदस्य टाेखा वडा नं ११ का वडा अध्यक्ष हरि अधिकारी , साथ साथ, शिविस संस्था ,स्वतन्त्र अभियान , इन्सपाइर, एशिस संस्था , नगर बाल संजाल ,वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकारकर्मीहरु,विभिन्न विद्यालयहरुबाट शिक्षक ,विद्यार्थीहरुको सहभागिता रहेको थियो। नगर बाल संजालका पूर्व अध्यक्ष /कोषाध्यक्ष बबिता परियार र युवराज मगर , स्थानीय बाल अधिकार समितिका सदस्यहरु वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकारकर्मीहरु,विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
oplus_0

