JanaKura

धापासी फ्रेण्डशीप क्लबको साधारण सभामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न

नविना श्रेष्ठ
काठमाडौं भदौ १३,२०८१

धापासी फ्रेण्डशीप क्लबले आफ्नो साधारण सभाको अवसरमा निशुल्क स्वास्थ्य शिविर, दन्त परीक्षण, आँखा शिविर, सुगर परिक्षण, १८ बर्ष देखी ६० बर्ष सम्मको स्वस्थ स्वयंसेवी रक्तदाताहरुबाट रक्तदान कार्यक्रम कृष्ण जन्माष्टमीको दिनलाई मध्यनजर गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । धापासी फ्रेण्डशीप क्लबका अध्यक्ष अनिस श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थ मन्त्री डा. प्रकाश शरण महत, विशेष अतिथि बागमती प्रदेश खानेपानी, उर्जा, तथा सिंचाइ मन्त्री श्यामबाहादुर खड्का, अतिथिहरूमा ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदान काठमाडौँ जिल्ला शाखाका अध्यक्ष तिलकबहादुर अधिकारी पूर्व कानुनी मन्त्री नरहरी आचार्य, नेपाली काङ्ग्रेस टोखा नगरपालिकाका नगर सभापति ओम कृष्ण बिमली, नेपाली कांग्रेस टोखा २ को वडा सभापति हेराकाजी महर्जन डंगोल ,टोखा वडा नं ६का अध्यक्ष शान्ता पौडेल,लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम सुजना पोखरेलले सञ्चालन गरेको थियो।
धापासी फ्रेण्डशीप क्लब र ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदान काठमाडौ जिल्ला शाखा टोखा नगर समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै आयोजकले मायाको चिनो प्रदान गरेको थियो। भने NMSS त्रि बी शिक्षण अस्पताल, बी पी नेत्र अध्ययन केन्द्र महाराजगंज, युनिभर्सल डेन्टल क्लिनिक वसुन्धरा का डाक्टर नर्सहरूको साथ सहयोगमा यो कार्यक्रम सम्पन्न भएको जनाएको छ।

साथमा कार्यक्रममा एवं लिटिल पेगासस मन्टेसोरी स्कुलका प्रिन्सिपल युवराज पाण्डे उपस्थितिसँगै बालबालिकाहरूले राधाकृष्णको नृत्य प्रस्तुत गरी कार्यक्रमको शोभायमान बढाई मनोरञ्जन प्रदान गरेका थिए । रक्तदान स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिएका सहभागीलाई धन्यवाद प्रकट गर्दै सहयोगी हातहरूलाई प्रमाणपत्र मायाको चिनो दिई कार्यक्रम समापन गरेको थियो।

Exit mobile version