JanaKura

नेपाल स्काउटको राष्ट्रिय सचिवमा अर्यालको नियूक्ति

 

नविना श्रेष्ठ
भाद्र ,७,२०८१

नेपाल स्काउट ऐन २०५० को दफा १९ को उपदफा (२) बमोजिम नेपाल स्काउटको राष्ट्रिय सचिव पदमा शिवराम अर्याल नियूक्ति हुनु भएको छ। साउन २७ गते राष्ट्रिय परिषद सदस्य जस्तो गरिमामय पदमा सचिवमा नियूक्ति हुनु भएको हो।

लामो समयदेखि नेपाल स्काउटमा होमिनुभएको अर्याल अहिले पनि उतिकै जोसजागारका साथ स्काउटमा जम्न सफल भएको छ। उहाँको विगतको इतिहास हेर्ने हो भने कुमारीरीगाल स्काउट ओपन ट्रपका स्काउट मास्टर हुनु थियो।भने काठमाडौं जिल्ला स्काउटको पूर्व सह जिल्ला आयुक्त भए साथै पूर्व सामुदायिक विकास आयुक्त, पूर्व जिल्ला सदस्य सचिव तथा बागमती प्रदेशका पूर्व संयोजक भएका थिए।

उहाँ नेपाल स्काउटको सुनौलो गौंडाबाट विभुषितले पनि सम्मानित हुनुभएको छ। नेपाल स्काउट र धेरै स्काउटरहरुको प्रेरणाका स्रोत बनिरहनु भएका छन्।समाज सेवामा जीवन विताएका अर्याल सामाजिक संस्थाहरू मध्ये एक नेपाल स्काउटमा जमेका छन्। ७ वटै प्रदेशका स्थानीय स्काउटहरुको प्रेरणाका स्रोत बन सफल भएका छन्। विगत लामो समयदेखि यो स्थान खाली रहेको थियो।तर यो पटक भने नेपाल स्काउटको ऐनमा टेकी लागु भएको छ।सो सचिव पदमा नियुक्ति भएपछि शिवराम अर्याललाई बधाई दिनेको घुइँचो लागेको थियो। जनकुरा डटकमको तर्फबाट पनि उहाँलाई हार्दिक बधाई तथापि शुभकामना ब्यक्त गर्दछौ।

Exit mobile version