JanaKura

माननीय युवा तथा खेलकुद मन्त्री चौधरी प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण

-नविना श्रेष्ठ

काठमाडौं साउन २३,२०८१/ माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गर्नुभएको छ। नेपाल स्काउट ऐन २०५० ले गरेको व्यवस्था वमोजिम माननीय मन्त्रीले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गर्नुभएको हो । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित, विद्यमान राष्ट्रिय कार्यकारी समितिका पदाधिकारीहरु, राष्ट्रिय परिषद् सदस्यहरु, विभिन्न स्थानीय स्काउट पालिका प्रमुख आयुक्तहरु, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोहमा माननीय मन्त्री चौधरीले मन्तव्य राख्नुहुदै नेपाल स्काउट ऐन २०५० लाई समयसापेक्ष संशोधन गरी आफ्नै कार्यकालमा जारी गर्न आफु प्रतिबद्ध रहेको कुरा उहाँले उल्लेख गर्नुभयो। मन्तव्यकै क्रममा युवाहरुमा खस्कीदै गइरहेको सामाजिक भावना बढाउन नेपाल स्काउटको भुमिका दिनप्रतिदिन बढ्दै गइरहेको कुरा उल्लेख गर्नुहुँदै माननीय मन्त्री चौधरीले नेपाल स्काउटलाई ७५३ वटै स्थानिय तहमा बिस्तार र विकास गर्न आफु सदैव लागि पर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको थियो । उक्त समारोहमा सचिवले नेपाल स्काउटको श्रीवृद्दिका लागि मन्त्रालय पुर्णरुपमा नेपाल स्काउटसंग एकाकार भएर कार्यहरु अघि बढाई समग्र विकास र विस्तारमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले नवदिक्षित प्रमुख स्काउटलाई बधाई तथा शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए।भने नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त (पुरुष विभाग) देवराज घिमिरेले स्वागत मन्तव्य राख्नुभयो

Exit mobile version