JanaKura

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ मा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

नविना श्रेष्ठ /काठमाडौँ, २१ साउनः नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ क्षेत्रीय कार्यसमिति परिवार निर्वाचन क्षेत्र नम्बर ५ काठमाडौँद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रम सनराईज पार्टी ब्याडक्वेट बसुन्धरा चौकीमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता माननीय डा.प्रकाश शरण महत  हुनुहुन्छ भने बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्छ। त्यसैगरी नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदिप पौडेल साथै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिचाई मन्त्री माननीय श्याम बहादुर खड्का हुनुहुन्छ। स्वागत तथा बधाई कार्यक्रममा भने स्वास्थ्यमन्त्री प्रदिप पौडेलको विशेष कार्य व्यस्तताले गर्दा उहाँको उपस्थित थिएन।

कार्यक्रमका प्रमुख अतिथि प्रवक्ता डाक्टर महतले काठमाडौँ क्षेत्र नम्बर ५ भाग्यमानी क्षेत्र भएको उल्लेख गर्दै सो मन्त्री स्थान पाएको समयमा यो क्षेत्रभित्र रहेको कुनै पनि समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री लामाले सुशासनप्रति सबैले ध्यान दिनुपर्ने बताउनुभयो। काठमाडौँ क्षेत्र नम्बर ५ का आम जनताले ११९ तहका स्थानीयले चाहेको माग उहाँहरूको चाहना विपरीत काम गर्ने छैन भनि प्रतिबद्धता समेत जनाउनुभयो। खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री खड्काले काम गर्दा कमीकमजोरी सबैको हुन्छ तर त्यसलाई सबैको सल्लाह सुझावका साथ अगाडि बढ्न र बढाउनुपर्ने बताउनुभयो। अबका दिनहरूमा संगठनलाई ध्यानमा राखी काम गर्नुपर्ने र नेपाली कांग्रेसलाई जीवन्त राख्न सबै कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। माननीयहरूले काठमाडौँ क्षेत्र नम्बर ५ का कार्यसमिति परिवारलाई यस्तो बधाई तथा शुभकामना कार्यक्रम गरी सबैलाई भेटघाट गराएकोमा सबैलाई धन्यवाद समेत दिनुभयो

Exit mobile version