JanaKura

उप-प्राध्यापक डा.जुनु बासुकलाद्वारा लिखित “अशाेक विनायक ( मरु गणेश)” पुस्तककाे विमाेचन

काठमाडाैँ/ त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बाैद्ध अध्ययन विभागकी प्रमुख उप-प्राध्यापक डा. जुनु बासुकला रञ्जितकारद्वारा लिखित पाँचाैँ माैलिक कृति “अशाेक विनायक ( मरु गणेश) पुस्तक विमाेचन गरिएकाे छ।पुस्तककाे प्रकाशक अग्रज रञ्जितकार हुनुहुन्छ।

शनिबार काठमाडाैँकाे विश्व सम्पदास्थल हनुमानढाेकाअन्तर्गत मरु गणेशस्थानमै अशाेक विनायकका पुजारी गुथिका नायः तीर्थ मान महर्जन र प्रा० डा.चुन्दा बज्राचार्यबाट संयुक्त रुपमा विमाेचन गरिएकाे हाे।यसअघि “भक्तपुरकाे पञ्चदान पर्व”, “धम्मदूत”, “चारुमति स्तूप” र “हनुमानढाेका दरवारका भित्तेचित्र” प्रकाशित भइसकेकाेमा उहाँका संयुक्त लेखनमा “साधनमाला” साथै चार दर्जनबढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।क्याम्पसबाट प्रकाशित भैरहेकाे ऐतिहासिक जर्नलकाे सम्पादक मण्डलमा उहाँ संलग्न हुनुहुन्छ।

तस्बिर सौजन्य/रत्नप्रसाद श्रेष्ठ नानी
Exit mobile version