JanaKura

कक्षा १२ मा हेराल्ड कलेजका सविन कटवाल ३.९६ जीपीए सहित नेपाल टपर

काठमाडौँ श्रावण १९ शुक्रबार प्रकाशित भएको कक्षा १२ को नतिजा अनुसार हेराल्ड कलेजमा सविन कटवाल नेपाल प्रथम भएका छन्। विद्यालयका निर्देशक अशोक पाण्डेले दिनुभएको जानकारी अनुसार कटवालले ३.९६ अंककासाथ नेपाल टप गर्न सफल भएका हुन् । हेराल्ड कलेजमा साइन्स विषय लिएर अध्ययन गरेका सविन कटवाल ओखलढुंगाका हुन् । हेराल्ड कलेजले कटवालको फोटो समेत सार्वजनिक गर्दै नेपाल टप गरेको जनाएको छ । राजधानीको बसुन्धरामा रहेको उक्त कलेजमा कक्षा १२ मा १२ सय विद्यार्थीले परीक्षा दिएका थिए । कलेजबाट परीक्षा दिएका मध्ये झण्डै ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेजले जनाएको छगत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

 

 

Exit mobile version