JanaKura

सजन डंगोलको नाम ‘ सहिद स्मारक ए- डिभिजन लिग ‘ देखि ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड ‘ सम्म

-सानुराज डंगोल

काठमाडौँ, १४ साउन /एक पटक विलियम शेक्सपियरले भनेका थिए रे – नाममा के छ र ? तपाईं गुलाफलाई अर्कै नामबाट सम्बोधन गर्नुस् , त्यस्ले सुवास दिन छाेड्दैन । तोखाका एक मात्र गिनिज बुक अफ द वर्ल्ड रेकर्डधारी सजन डंगोललाई पनि जे नाम दिए पनि उस्ले फुटबल खेल्न छाेड्दैन ,सायद सजन फुटबल खेल्नकै लागि जन्मेको हुन सक्छ । उस्ले फुटबलमा केही न केही देखिरहेको भएर आज उस्ले नसोचेको सफलता हात पारे। फुटबल खेल उस्को जिवनकै अभिन्न अंग भैसकेको छ। सजन डंगोलले एक घण्टामा (alternating) दुई एकान्तर खुट्टाले सबैभन्दा धेरै फुटबल kick up बाउन्स गर्दै ९२१८ पटक छोएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा आफ्नो नाम समेत दर्ता गराउन सफल भए पछि सबतिर वाह! वाह! नाम पाएका छन् ।

युकेको बर्मिंघम सिटी युनिभर्सिटीमा पढ्दै फुटबल खेल्दै आएका सजनले तालिमपछि किक अप अभ्यास गर्ने गर्दथे । एक पटक उसले गिनिज वल्र्ड रेकर्ड शीर्षकको लागि आवेदन दिन सक्छ भन्ने कुरा थाहा पाएपछि उसले प्रयास गर्ने निर्णय गर्यो।यो उपलब्धि हासिल गर्न साजन डंगोल (नेपाल) द्वारा हाल बर्मिङ्घम, युनाइटेड किंगडम,१६ फेब्रुअरी २०२४ मा दुई एकान्तर खुट्टाले सबैभन्दा धेरै kick up  बाउन्स गर्दै ९,२१८ पटक छोएर गिनिज बुक अफ द वर्ल्ड रेकर्ड दर्ज गरे पछि हाल आएर सजन यो बिधामा कीर्तिमान कायम गरेको भन्दै गिनिज बुक अफ द वर्ल्ड रेकर्डले प्रमाणपत्र दिएको बताए ।

यी सफलता हासिल गर्दै युकेको बर्मिंघम सिटी युनिभर्सिटीमा एमए मास्टर्स समेत गरेका सजन डंगोल अहिले आफू यो कीर्तिमान सगै आफू जन्मेको ठाँउ सांस्कृतिक सहर टाेखा र नेपालको नाम राख्न पाएकोमा गौरवान्वित भएको बताउँछन् । टोखाकाे सजन डंगोलले बिश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल भए पछि उनलाई अहिले सामाजिक संजालमा बधाईको ओइरो लागेको छ। उनलाई ब्यक्तिगत देखि उनका अभिभावक , गुरु,समकालीन साथीभाइ इष्टमित्र ,स्कुल कलेज, क्लब संघसंस्था , टाेखा विभिन्न वडा देखि टाेखा नगरपालिकाका फेसबुक पेज सम्म सजनले हासिल गरेका बिश्व रेकर्ड गिनिज बुकले उपलब्ध गराएको प्रमाणपत्र र फुटबल खेलेको फाेटाे शेयर गर्दै बधाई दिनेहरुको ताती भेतिन्छन्।

टाेखामा सामान्य परिवारमा ज्यामीको काममा गुजारा चलाउने ,काम सिक्दै दकर्मी बनेका बुबा मनिराज डंगोल र आमा मोहनमाया डंगोलको दोस्रो सन्तानको रूपमा २०५२ असार २५ गते सजन डंगोलको जन्म भएको हो। हाल सजन डंगोलको बुबा मनिराज डंगोल एक समाजसेवी तथा सांस्कृतिक अभियन्ता हुन् भने उनकी आमा एक असल गृहिणी हुन । उनकी एक दिदि छिन। सजन सानैदेखि फुटबल प्रति निकै लगाव थियो ।

उनले स्कुलमा पढ्दापढ्दै विभिन्न स्थानीय स्कुलबिच हुने फुटबल प्रतियोगिताहरुमा फुटबल खेल्दाखेल्दै यु -१४ फुटबल फ्रेन्ड्स क्लबबाट राष्ट्रिय खेल समेत खेल्न भ्याए। पछि यु -१४ नेपाली राष्ट्रिय टिमबाट सजनलाई बोलाएको भय पनि क्लबबाट खबर गर्न ढिला भएकोले उनले सो अवसर गुमाउनु पर्यो। सजनले बिन्द्य्यावासिनी सेकेन्डरी स्कुलबाट २०६७ मा एसएलसी उतिर्ण गरेका हुन् ।सजनले स्कूल स्तरीय विभिन्न प्रतियोगितामा स्कुलबाट सहभागी भै उत्कृष्ट प्रदर्शन गर्दै उच्च गोल स्कोर समेत गरेको बताउने सजनले टाेखामा भगवती क्लबले बर्सेनि आयोजना गर्ने टाेखा भ्याली रनिङ्ग शिल्ड प्रतियोगिता र बालप्रेमी खेलकुद मण्डलले आयोजना गर्ने उत्तर भेगीय फुटबल प्रतियोगितामा कहिले भगवती क्लब र कहिले बालप्रेमी खेलकुद मण्डलबाट स्थानीय लिगकम नकआउट प्रतियोगिताहरुमा भाग लिएर उत्कृष्ट प्रदर्शन गर्थे। २०६८/६९ मा काठमाडौं सामाखुसी रेडन कलेज १२ कक्षा पढाई संगसगै फुटबललाई पनि संगसगै लाने धोको पूरा गर्ने सिलसिलामा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सहिद स्मारक सि- डिभिजन लिगमा टाेखाको भगवती क्लबबाट सजनले सहभागी जनाउदै राष्ट्रिय लिगको अनुभव बटुल्न पाए।

सजनले पाएका उपलब्धिहरुमा काठमाडौं नगरपालिका कपमा उत्कृष्ट मिडफिल्डर ,डिस्ट्रिक्ट लिगमा- बेस्ट मिडफिल्डर टोखाको टूर्नामेंटमा-उत्कृष्ट खेलाडी,भक्तपुर आयोजित ३ ठुलो प्रतियोगिता मध्य २ वटा खेलमा फाइनल जितेको , सिक्किम टूर्नामेंट खेल्न जादा पनि म्यान अफ द म्याच ट्रफी पाएको बताउँछन् । यु-१९ वर्षमुनिको राष्ट्रिय टोलीमा ट्रेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि छनौट चरण पार गरे पनि डकुमेन्ट मिलाउन नसक्दा खेल्न नपाएको सजनले दुखेसो पोखे। २०७० पब्लिक युथ क्याम्पसमा बिबिए पढ्दैताका कलेजबाट BBA कप खेल्दा सजनले पब्लिक युथ क्याम्पसबाट ४ वर्षमा ४ वटा प्रतियोगिता खेल्दा प्रत्येक वर्ष ‘ म्यान अफ द म्याच ‘ पाएका सजनले र PYC lies कप जित्दा सर्वाधिक गोलकर्ता सहित’ म्यान अफ द म्याच’ घोषित भए।

२०७१ बाँसबारी क्लबबाट सहिद स्मारक वि- डिभिजन लिग खेले भने २०७२ मा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट सहिद स्मारक ए- डिभिजन लिग खेल्ने अवसर पाएका सजनले मोफसल प्रतियोगिताहरुमा मनाङ मर्साङ्दी क्लबबाट कहिले फ्रेन्ड्स क्लब कुपण्डोलबाट कहिले काठमाडौं टिमको कप्तानी गरेर क्षेत्रिय खेल खेलेका सजन डंगोलले आफू फुटबलमा निकै निखारिदै गएको अनुभव सुनाए । २०७५ सालमा सीता श्रेष्ठसंग लगनगाठाे कसिएकी सजन डंगोल दम्पतीका तीन वर्षीय एक छोरी पनि छिन्।

गिनिज बुक अफ द वर्ल्ड रेकर्डधारी सजन डंगोलले बिश्व रेकर्ड गिनिज बुकमा नाम लेखाएपछी आफुलाई यो यात्रासम्म बधाई तथा शुभकामना दिनुहुने भिमश्री परिवार, आमाबुबा , जीवन संगिनी ,अभिभावक , सम्पुर्ण गुरु,सिङ्गो टाेखा नगरपालिका ,समकालीन साथीभाइ इष्टमित्र ,स्कुल, कलेज, क्लब संघसंस्थाहरु प्रती हार्दिक आभार व्यक्त गरे। सजन जहाँ जान्छन् त्यही फुटबलको मजा लिन्छन। युकेमा काम गर्ने कम्पनी माइनर वेयर विलिस (MWW) बाट कम्पनी टूर्नामेंट खेल्दा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित हुँदै पेरा कप जितेको सजनले बताए । हाल उनी युकेमा पनि बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, FCV ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लीग खेलिरहेका छन् ।

फोटो/सामाजिक संजालबाट
Exit mobile version