JanaKura

काठमाण्डौ क्षेत्र नं ५ (“ख”) बाट निर्वाचित श्याम बहादुर खड्का बने बागमती प्रदेश सरकारको मन्त्री

काठमाडौं, साउन १०।काठमाण्डौ क्षेत्र नं ५ (ख ) बाट निर्वाचित श्याम बहादुर खड्का बागमती प्रदेश सरकारको मन्त्री हुनु भएको छ। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति समेत रहेका खड्का नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेसंगै बनेको मन्त्री परिषदमा मन्त्री बनेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा बनेको १० सदस्यीय मन्त्रि मण्डलमा प्रदेस सरकारको मन्त्रि बनेका खड्काको मन्त्रालय पछी तोकिने जानकारी दिइएको छ । नेपाली कांग्रेसको १४ औ महाधिवेसनबाट क्षेत्रीय सभापतिमा निर्वाचित बनेका खड्का लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका छन।

Exit mobile version