नेपाल स्काउटद्वारा प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना आदानप्रदान
-नविना श्रेष्ठ
काठमाडौँ, १० साउनः नेपाल स्काउटद्वारा नेपालको ४५औ प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना आदानप्रदान गरिएको छ ।कार्यक्रममा विभिन्न संघसंस्था, विभिन्न स्थान तथा नेपाल स्काउट प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिन भेला भएको हो। नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त, तथा राष्ट्रिय प्रदाधिकारीहरु, राष्ट्रिय परिषद्का सदस्यहरु, नेपाल स्काउट बागमती प्रदेशका आयुक्त,नेपाल स्काउटका सातै प्रदेशका आयुक्तहरु र स्थानीय स्काउटका आयक्तहरु लगायत काठमाडौं, भक्तपुर, ललितपुर, साथमा स्काउटरहरुको उपस्थितिमा बधाई तथा सुभकामना आदानप्रदान गरेका थिए। बधाई तथा शुभकामना आदानप्रदान दिन पालैपालो ठमेल,रसुवा, धादिङ,कालीकोट,बारा,युवा संगठित, सिन्धुपाल्चोक, तनहुँ, नेपाल स्काउट समेत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री केपी ओलीले हिजो काठमाडौंबाट पोखराका लागि उडेका सौर्य एयरको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल छेउमादुर्घटना ग्रस्तस्थल पुग्नु भएको थियो। प्रधानमन्त्री ओलीले सो दुर्घटनामा परी ज्यान गुमाएका जनताहरुको सोकमा रहेको बेला पनि बधाई तथा सुभकामना दिन आउनु भएका सबै जनाको तर्फबाट फूल माला खादा समेत लगाउनुभएको थिएन। सोकमा रहेको समय बधाई तथा सुभकामना दिन आउनु भएका आम जनताहरुबाट प्रधानमन्त्री ओलीले नमस्कार मात्र गरी बधाई तथा सुभकामना थाप्नु भएको थियो। भने सबैले नमस्कार गरी शुभकामना व्यक्त गरेका थिए। हिजो भएको दुर्घटनाको कारणले आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।