JanaKura

एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो

काठमाडौं ।प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा  प्रधानमन्त्री  ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो गरेको छ ।सभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।  एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । त्यसै गरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् । शिक्षा मन्त्रालयको जिम्मा विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन् । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहेको बुझिएको छ ।

Exit mobile version