JanaKura

स्व.गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड सानेपामा

नविना श्रेष्ठ/ असार १८,२०८१ नेपाली कांग्रेसका स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा  सानेपामा फोटो प्रदर्शनी भएको छ। सो फोटो प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनी कार्यक्रम जारी नै छ। कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न सानेपा पुगेको थियो । गत फागुन २० गतेसम्म सत्ता सहयात्रा गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई फोटो प्रदर्शनीस्थल घुमाएका थिए। सोमबार राति फेरि एमाले र कांग्रेस मिलेर प्रचण्डलाई सत्ताबाहिरको बाटो देखाउने निर्णय समेत गरिसकेको छ।

Exit mobile version