काठमाडौँ, १७ असार : सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले यसवर्ष पनि विभिन्न विधामा समर्पित २२ साधकहरुलाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । केन्द्रकी संरक्षक प्रा. डा. सावित्री श्रेष्ठले दिनुभएको जानकारी अनुसार यही श्रावणको ६ गते आयोजना हुने कार्यक्रममा सिद्धिश्वरमान चन्द्र-विष्णु अन्तर्राष्ट्रिय समाज साधक पुरस्कार मित्रराष्ट्र म्यान्माकी श्रीमती तुलसी थापाकाे याेगदानलाई स्मरण गर्दै प्रदान गरिने भएको छ । यसैगरी सिद्धिश्वरमान मिलन-मुक्ति सर्वोकृष्ट समाजसेवी पुरस्कार प्रा. ब्रम्हकुमार विजय कुमार सिग्देललाई, सिद्धिश्वरमान-महेश्वरमान सर्वोकृष्ट उत्प्रेरक प्राध्यापक पुरस्कार डा. तिलक आचार्यलाई, नेपालभाषा सँझ्याः सम्मान मनदेवी तण्डुकार, ध्रुव मधिकर्मी, मोतिलक्ष्मी शाक्य, सुरेश किरण मानन्धरलाई प्रदान गरिने भएको छ । संरक्षक श्रेष्ठले हालै काभ्रेपलाञ्चोक जिल्लाको दाप्चामा काभ्रे सेवा समाजद्वारा आयोजित “दाप्चा-नमोबुद्ध काव्य उत्सव” मा घोषणा गर्नुभएअनुसार सिद्धिश्वरमान सर्वोकृष्ट साहित्य सम्मान साधक बासुदेव अधिकारीलाई, सिद्धिश्वरमान उत्कृष्ट उत्प्रेरक समाज तथा शिक्षा साधक सम्मान रामबाबु नेपाललाई, सिद्धिश्वरमान उत्कृष्ट साहित्यिक संस्था उत्प्रेरणा सम्मान युद्ध प्रसाद मिश्र प्रतिष्ठान र पारिजात स्मृति केन्द्रलाई प्रदान गरिने भएको छ ।
उहाँले उत्कृष्ट कविता साधक सम्मान प्रा. डा. हेमनाथ पौडेललाई, उत्कृष्ट साहित्य तथा समाजसेवा साधक सम्मान शान्ता मानवीलाई, उत्कृष्ट शैक्षिक तथा सांस्कृतिक उत्प्रेरणा सम्मान प्रा. डा. वीणा पौडेललाई, सिद्धिश्वरमान सर्वश्रेष्ठ युगल साहित्य साधक नर्वदेश्वरी सत्याललाई, सिद्धिश्वरमान सर्वश्रेष्ठ युगल साहित्य साधक जयन्ती स्पन्दनलाई, सिद्धिश्वरमान सर्वश्रेष्ठ सङ्गीत साधक दीपक जंगमलाई, सिद्धिश्वरमान सर्वोकृष्ट कला साधक सम्मान के. के. कर्माचार्यलाई, सर्वाेकृष्ट शताब्दी कथा साधक डा. ध्रुव चन्द्र गाैतमलाई, सिद्धिश्वरमान सर्वोत्कृष्ट ऐतिहासिक मानव सेवा उत्प्रेरक सम्मान कुल वहादुर थापा बगालेकाे स्मरणमा, सिद्धिश्वरमान सर्वोत्कृष्ट सूचना साधक दीपक आचार्यलाई र सिद्धिश्वरमान सांस्कृतिक काव्य उत्प्रेरणा उत्सव प्रेरक सम्मान राजन प्रसाद न्यौपानेलाई प्रदान गरिने पनि बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा सिद्धिश्वरमान-विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमि उत्प्रेरणा पुरस्कार पनि एक उद्यमिलाई प्रदान गरिने संरक्षक श्रेष्ठले बताउनुभयो ।