-नविना श्रेष्ठ
काठमाडौं,असार १६,२०८१/रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्राबाट दबाब दिएका छन् । दबाब यात्रा कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले असार १५ गते शनिबार सामूहिक यात्रा गरेको हो। उनले यो यात्रामा सहयोग गर्न काठमाडौंबासीलाई आह्वान समेत गरे। पौडेलका अनुसार शनिबार बिहान ७ बजेदेखि कलंकीबाट दबाब यात्रा सुरू गरेको थियो। भने बिहान करिब ११.०० बजे धोबीखोला पुगि यात्रा समापन गरेको थियो।
